सत्तारुढ दलका तीन प्रमुख नेताबीच सिंहदरवारमा छलफल
काठमाडाैं | असार १६, २०८१
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । सिंहदरबारमा जारी भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल बताइएको छ ।
उहाँहरुबीच शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा छलफल भएको बताइएको छ । एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीको भेटवार्तामा रास्वपाका अध्यक्ष तथा गृहमन्त्री रवी लामिछाने पनि सहभागि हुनुभएको छ । सिंहदरबारमा अहिले सत्तामा रहेका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी छ ।
एमाले अध्यक्ष ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर भेटवार्ता गरेको विषय सार्वजनिक भए लगत्तै आज प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । हिजो देउवा र ओलीबीच भएका छलफलका विषय सार्वजनिक भने भएका छैनन् ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

